तीन खेलपछि नै लेभरकुसनबाट बर्खास्तीमा परे टेन ह्याग

1 Sep, 2025
Share:
117 Shares

डच प्रशिक्षक एरिक टेन हाग बर्खास्तीमा परेका छन्। सिजन सुरु हुनु अघि जर्मन क्लब बायर्न लेभरकुसनमा आबद्ध भएका टेन ह्याग तीन खेलपछि नै बर्खास्तीमा परेका हुन्।

उनको प्रशिक्षणमा लेभरकुसनले डिएफबी पोकलको १ र बुन्डेस लिगाको २ खेल खेलेको थियो। डिएफबी पोकलमा सहज जित निकालेको लेभरकुसन बुन्डेस लिगामा भने जितबिहीन छ।

ऊ पहिलो खेलमा होफेनहिमसँग २–१ले पराजित भएको थियो भने वेर्डर ब्रेमेनसँग ३–१को अग्रता लिएको अवस्थामा ३–३को बराबरीमा रोकिएको थियो।

ब्रेमेनसँग निराशाजनक बराबरी खेलेको ३ दिन नबित्दै लेभरकुसनले टेन ह्यागलाई बर्खास्त गरेको हो। नियुक्तिको ६२ दिनमै बर्खास्तीमा परे।

बुन्डेस लिगाको पहिलो खेलपछि नै बर्खास्त हुने उनी पहिलो प्रशिक्षक बनेका छन्। उनी अघिल्लो सिजनको मध्यतिर म्यान्चेस्टर युनाइटेडबाट पनि बर्खास्तीमा परेका थिए।