टप इन्ड टि-२० सिरिज खेलेर फर्कियो नेपाली टिम

2 Sep, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। एक महिनाअघि टि–२० विश्वकप छनोटको तयारीका लागि टप इन्ड टि–२० सिरिज खेल्ने अस्ट्रेलिया गएको नेपाली टिम मंगलबार दिउँसो नेपाल फर्किएको छ।

नेपाली टिमलाई त्रिभुनव विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले स्वागत गरे। नेपाली टिमले पहिलो पटक अस्ट्रेलिया भ्रमण गरेको हो।

नेपालले टप इन्ड टि–२० सिरिजमा लिग चरणका ६ खेलेको थियो। जसमा नेपालले २ खेल जित्दा ४ खेलमा हार व्यहोरेको थियो। ११ टिम सहभागी सिरिजमा नेपाल ८औं स्थानमा रहेको थियो।

त्यसपछि नेपालले थप ५ अभ्यास खेल खेलेको थियो। जसमा ४ टि–२० र १ एकदिवसीय खेल थियो। ४ टि–२०मा नेपालले समान २ जित र हारको समाना गर्दा एकदिवसीय खेल जितेको थियो।

अब नेपाली टिमले ओमानमा हुने टि–२० विश्वकप छनोटकै तयारीका लागि सेप्टेम्बरमै युएईमा वेस्टइन्डिजसँग टि–२० सिरिज खेल्ने छ।