समर ट्रान्सफरमा लिरपुलले खर्चियो कीर्तिमानी रकम

3 Sep, 2025

अर्न स्लटको प्रशिक्षणमा रहेको इंग्लिस क्लब लिभपुलले यो समर ट्रान्सफर विन्डोमा कीर्तिमानी रकम खर्चिएको छ। कुल २७ खेलाडी किनबेच गरेको लिभरपुलले समर ट्रान्सफर विन्डोमा ४४६.५ मिलियन पाउण्ड खर्च गरेको छ।

यो समरमा कुनैपनि क्लबले खर्चेको यो कीर्तिमानी रकम हो। प्रियिमर लिगको उपाधि रक्षा र च्याम्पियन्स लिग जित्ने लक्ष्य बनाएको उसले टिमलाई उसले ठूला स्टारहरु क्लबमा भित्र्याउन उसल् २१८.४ मिलियन पाउण्ड खर्चिएको छ।

लिभरपुलले डेटलाइन डेमा उसले कीर्तिमानी रकममा न्युकासलबाट अलेक्जेन्डर इसाक भित्र्याएको छ। उसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड खर्चियो। यो प्रिमियर लिगको सर्वाधिक महँगो ट्रान्सफर हो। त्यसअघि उसले बायर लेभरकुसनबाट फ्लोरिन विर्ट्जलाई ११६ मिलयनर, फ्रांकफर्टबाट ह्युगो इकिटिकेलाई ७९ मिलियन पाउण्ड खर्चेर टिममा अनुबन्धन गरेको थियो।

यस्तै, उसले बोनेृमाउथबाट मिलोस केर्केजलाई ४० मिलयन, लेभरकुसनबाटै ३० मिलियनमा लेरेमी फ्रिम्पोङ, पार्माबाट जियोभानी लियोनीलाई पनि अनुबन्धन गरेको छ। उसले यो ट्रान्सफर विन्डोमा ९ खेलाडी अनुबन्धन गरेको छ।

उसले समरमा १७ खेलाडीलाई लोन र पर्मानेन्ट रुपमा बेचेको छ। जसबाट लिभरपुलले २२८.१ मिलियन पाउण्ड कमाएको छ। जसमा लुइस डिजाजलाई ६५.५, डार्विन नुनेजलाई ४६, जारेल क्वेन्साहलाई ३५, बेन डोअकलाई २५ मिलियन पाउण्डमा बचेको थियो।

यता, अर्को इंग्लिस क्लब आर्सनल खेलाडी किन्नमा सर्वाधिक खर्चिने क्लब बनेको छ। उसले खेलाडी किन्न क्लबकै कीर्तिमानी २५७ मिलियन पाउण्ड खर्चिएको छ।

आर्सनलले यो समरमा भिक्टर ग्योकेरेस, मार्टिन जुबिमेन्डी, नोनी मडुएकेलगायत ८ खेलाडी भित्र्याएको छ। जसमा उसले स्ट्राइकर ग्योकेरेसका लागि ६३.५, मडुएकेका लागि ५२, जुबिमेन्डीका लागि ५१ मिलियन पाउण्ड खर्चिएको छ। आर्सनलले खेलाडी बेचेर १० मिलियन पाउण्ड मात्र कमाएको छ।

यस्तै, यो समरमा म्यान्चेस्टर युनाइटेडले पनि ठूलै रकम खर्चियो। कुल २४३.४ मिलियन खर्चिएको उसले खेलाडी किन्न मात्रै १७०.७ मिलियन खर्चिएको छ। उसले यो समरमा ६ खेलाडी भित्र्याएको छ।

युनाइटेडले स्ट्राइकर बेन्जामिन सेस्कोका लागि सर्वाधिक ७३.७ मिलियन खर्चियो। यस्तै, उसले बार्यन बोउमोका लागि ७१, म्याथिस कुन्हाका लागि ६२.५, गोलपिकर सेनन लामेन्सका लागि १८ मिलियन पाउण्ड खर्चियो।

यस्तै, टोटनहमले पनि ठूलो रकम खर्चिएको छ। कुल १७१.२ मिलियन खर्च गरेको उसले खेलाडी भित्र्याउन मात्रै १५४ मिलियन खर्चिएको छ।

यता, चेल्सी यो समर ट्रान्सफर विन्डोमा सबैभन्दा धेरै कमाउने क्लब बनेको छ। उसले समरमा खेलाडी बेचेर ३१४.४ मिलियन पाउण्ड कमाएको छ। उसको खेलाडी किन २८८.८७ मिलियन खर्चिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]