जिम्बाबेका अलराउन्डर सिकन्दार राजा आईसिसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिउका छन्।
लातगार तीन एकदिवसीय खेलमा ब्याटबाट अर्धशतक र बलबाट पनि उत्कृष्ट प्रदर्शन गरेपछि ३९ वर्षीय राजा आईसिसीको नयाँ अपेडेट अनुसार अलराउन्डरको शीर्ष स्थानमा उक्लिएका हुन्।
दुई स्थानमाथि उक्लँदै उनी शीर्ष स्थानमा पुगेका हुन्। अलराउन्डरतर्फ उनी पहिलो पटक शीर्ष स्थानमा पुगेका हुन्। उनी यसअघि सन् २०२३ डिसेम्बरमा दोस्रो स्थानमा पुगेका थिए।
यस्तै, दोस्रो र तेस्रो स्थानमा अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई र मोहम्मद नाबी छन् भने चौथो स्थानमा बंगलादेशका मेहदी हसन मिराज र पाचौं स्थानमा न्युजिल्यान्डका डार्यल मिचेल छन्।
अलराउन्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५३, सोमपाल कामी ५५,सन्दीप लामिछाने ६०, करण केसी ६६, कुशल मल्ल ७३औं स्थानमा छन्।
यसैगरी ब्याटिङमा भारतका शुभमन गील र बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराज शीर्ष स्थानमा छन्।
