रोहितले छाडे इन्डोनेसियन क्लब

4 Sep, 2025

नपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहिच चन्दले इन्डोनेसियन क्लब क्लब पर्सिक केडिरी छाडेका छन्।

नयाँ सिजनका लागि क्लब सम्झौता नवीकरण नगरेपछि रोहित लामो समयदेखि नेपालमै थिए। बिहीबार केडिरीले विज्ञप्ती जारी गर्दै रोहितले क्लब छाडेको पुष्टी गरेको छ।

उसले क्लबलाई दिएको योगदानका लागि रोहितलाई धन्यवाद दिादै भविष्यको सफलताको कामना गरेको छ।

सन् २०१३ देखि इन्डोनसियामा व्यवसायिक फुबटल खेलिरहेका ३२ वर्षीय रोहित केडिरीमा सन् २०२२मा आबद्ध भएका थिए। क्लबको उपकप्तान समेत रहेका उनले ८२ खेल खेल्दै ३ गोल गरेका थिए।

यत्यसअघि उनले सन् २०१३ देखि १५ र १०१७ देखि २२ सम्म पेर्सिजा जाकर्ताबाट पनि खेलेका थिए। पेर्सिजाबाट उनले १६५ खेल खेल्दै १० गोल गरेका छन्।

पेर्सिजाबाट उनले लिगसहित कुल ३ उपाधि तिजेका छन्। सन् २०१८मा पेर्सिजालाई लिग दिलाउने क्रममा उनी लिगको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]