सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एसिया कपमा युएईमाथि २७ बलमै निकाल्यो जित

युएईमा जारी एसिया कप क्रिकेटमा भारतले सानदार जित निकालेको छ। बुधबार राति दुबईमा भएको खेलमा भारतले युएईविरुद्ध २७ बलमै ९ विकेटठको जित निकाल्यो।

युएईले दिएको ५८ रनको झिनो लक्ष्य भारतले ४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। भारतका लागि ओपनर अविशेक शर्माले १६ बलमा २ चौका र ३ छक्का मद्दतमा ३० रन बनाउँदा शुभमन गिलले ९ बलमा २ चौका र १ छक्का मद्दतमा २० रन बनाए। कप्तान सूर्यकुमार यादव ७ रनमा नटआउ रहे।

युएईका लागि एकमात्र विकेट जुनैद सिद्धिकीले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युएई १३.१ ओभरमा ५७ रनमै अलआउट भयो। कुलदीप यादव र शिवम दुवेले घातक बलिङ गरेपछि युएईमा ७ ब्याट्सम्यान सिंगल डिजिजमा आउट भए। उसका दुवै ओपनरले मात्र दोहोरो अंकमा स्कोर गरे। जसमा अलिसान सरफूले १७ बलमा २२ र कप्तान मुहम्मद वासिमले २२ बलमा १९ रन बनाए।

भारतका लागि कुलदीप यदावले २.१ ओभरमा ७ रन मात्र खर्चेर ४ विकेट लिँदा शिवम दुवेले २ ओभरमा ४ रनमात्र खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान १ विकेट लिए।

1.3Kशेयर