जेनजी आन्दोलनले रोकिएको यू-२३ टिम ताजकिस्तानबाट फर्कियो

13 Sep, 2025
Share:
117 Shares

नेपाली यू–२३ पुरुष राष्ट्रिय फुटबल टिम ताजकिस्तानबाट शुक्रबार साँझ काठमाडौं आइपुगेको छ।

एएफसी यू–२३ एसियन कप छनोट खेलेर नेपाली टिम बुधबार नै फर्कने तालिका थियो। तर, जेनजी आन्दोलनका कारण देशमा देखिएको विषयम परिस्थितका कारण नेपाली टिम उतै रोकिएको थियो।

शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाली टिमलाई एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरे।

सेप्टेम्बर ३ देखि ९ सम्म भएको छनोटमा नेपाल समूहका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नेपाल ताजिकिस्तान र फिलिपिन्ससँग समान ४–० र सिरियासँग ४–२ ले पराजित भएको थियो।

नेपाल रहेको समूह केबाट तीनवटै खेल जित्दै सिरिया समूह विजेताका रुपमा एएफसी यू–२३ एसियन कपमा छनोट थियो।