एएफसी दशरथ रंगशालालाई मान्यता नदिँदा नेपालले एकसियन कप छनोट अन्तर्गतको घरेलु मैदानमा खेल्ने भियतनामसँगको खेल पनि उसकै मैदानमा खेल्ने भएको छ।
नेपालले एसियन कप छनोटमा भियतनामसँग अक्टोवर १४मा दशरथ रंगशालामा खेल्ने तालिका छ। तर, तर दशरथ रंगशालमा अयोग्य हुँदा नेपालले सो खेल भियतनाममै खेल्ने भएको छ।
एएफसीले भियतनामसँगको होम खेलका लागि एन्फालाई न्युट्रल भेन्यू खोज्न भने पनि ५ दिन अन्तरमा होम र अवे खेल खेल्नु पर्ने भएपछि दुवै खेल भियतनाममै खेल्ने भएको हो।
भियतनामसँगको अवे खेल अक्टोर ९मा हुने छ। एन्फको यो निर्णयसँगै अब नेपालले भियतनामसँग अक्टोबरमा ९मा बिन दुंग रंगशालामा र अक्टोबर १४मा होचिमिन्ह सिटीस्थित थोङ न्हात स्टेडियममा खेल्नेछ।
एएफसीले नेपालले होम र अवे दुवै खेल भियतनामै खेल्ने पुष्टी गरेपछि यसबारे एन्फाले आधिकारिक घोषणा भने गरेकोछ्न।
नेपाले एसियन कप छनोटको दोस्रो चरणमा बहराइनविरुद्धको होम र अवे दुवै खेल बहराइनमै गएर खेलेको थियो।
