म्यान्चेस्टर डर्बीमा हालान्ड चम्किँदा सिटीको जित

15 Sep, 2025

सिजनको पहिलो म्यान्चेस्टर डर्बीमा पेप ग्वार्डिओलाको टिम सिटी विजयी भएको छ। आइतबार राति भएको खेलमा अर्लिङ हालान्ड चम्किएपछि सिटीले युनाइटेडमाथि ३–० को जित निकाल्यो।

खेलमा सिटीका हालान्डले २ गोल गरे भने अर्को गोल फिल फोडेनले गोल गरे। सिटीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलमा १८औं मिनेटमा फोडेनको गोलमा सिटीले सुरुआती अग्रता लियो। उनले जेरेमी डोकुको पासमा गोल गरेका थिए। त्यसपछि ५३औं मिनेटमा डोकुकै पासमा हालान्डले टिमको अग्रता दोब्बर बनाए।

त्यसपछि ६८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले नै गोल गरेपछि खेलमा सिटीले ३–०को अग्रता लियो। हालान्डले ४ खेलमा ५ गोल गरिसेका छन्। त्यसपछि थप गोल नहुँदा सिटी विजयी भयो।

यही खेलमार्फत इटालियन गोलकिपर जियानलुजी डोनारुमाले पनि सिटीबाट प्रियिमर लिगमा डेब्यू गरेका छन्। समर ट्रान्सफर विन्डोको डेटलाइट डेमा पिएसजीबा सिटीका आएका उनले डेब्यू खेलमै क्लिनसिट पनि राख्न सफल भए। उनले खेलमा केही उत्कृष्ट बचाउ पनि गरेका थिए।

४ खेलमा समान २ जित र हारको सामाना गरेको सिटीका ६ अंक छ। युनाइटेडको भने ४ अंक मात्र छ। यो युनाइटेडको १९९२–९३ पछिको सबैभन्दा खराब सुरुआत छ। त्यसबेला पनि युनाइटेडले सुरुअती ४ खेलमा ४ अंक नै जोडेको थियो। युनाइटेडले पछिल्ला १६ अवे खेलमा १४ अंक मात्र जोड्न सकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]