वेस्टइन्डिजले नेपालसँगको टि–२० सिरिजका लागि टिम घोषणा गरेको छ। उसले स्पिनर अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
सिरिजका टिममा नियमति कप्तान निकोलस पुरनलगायतका खेलाडीलाई समावेश नगरिएपछि जासन होल्डर, फाबियन एलेन, केसी कार्टी, ओबेद म्याकोय राष्ट्रिय जस्ता अनुभवी खेलाडी छन्। उनीहरू अहिले भने टिमका सदस्य छैनन्।
वेस्टइन्डिजको टोलीमा ६ जना नयाँ खेलाडी छन्। उनीहरुले नेपालसँकै खेलबाट टि–२० अन्तर्राष्टिन्यमा डेब्यू गर्ने छन्। वेस्टइन्डिजले नेपालविरुद्धको सिरिजका लागि घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरूलाई टिममा राखेको छ।
नेपाल र वेस्टइन्डिजविरुद्धको सिरिज सारजाहमा हुनेछ। जसमा २८, २९ र ३० सेप्टेम्बरमा दुई टिमबीच खेल हुने छ। सिरिजलाई यूनिटी कपको नाम दिइएको छ।
वेष्टइण्डिजका खेलाडी अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर।
