च्याम्पियन्स लिग फुटबलमा म्याचेस्टर सिटी विजयी भएको छ। बिहीबार राति भएको खेलमा सिटीले इटालियन क्लब नापोली २–०ले हरायो।
ेखेलमा सिटीका लागि अर्लिङ हालान्ड र जेमेरी डोकुले गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
२१औं मिनेटमै नापोली १० खेलाडी समेटिएको थियो। हालान्डमाथि फाउल गरेपछि उसका जिओभानी डि लोरन्जोले रातो कार्डा पाएका थिए। १० खेलाडीमा समेटिएपछि उसले सिटीलाई पहिलो हाफसम्म रोकेको थियो।
५६औं मिनेटमा हालान्डाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले फिल फोडेनको पासमा गोल गरेका थिए। ६५औं मिनेटमा तिजानी रेजिन्डर्सको पासमा डोकुले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।
यस्तै, अर्को खेलमा बार्सिलोना पनि विजयी भएको छ। उसले इंग्लिस क्लब न्युकासलमाथि २–१को जित निकाल्यो। उसका लागि दुवै गोल मार्कस रास्फोर्डले गरे भने न्युकासलका लागि एन्टोनी गोर्डनले गोल गरे।
अन्य खेलमा स्पोर्टिङले सिपीले काइरातमाथि ४–१को जित निकाल्दा फ्रांकफर्टले गालातासारेलाई ५–१ले हरायो। यस्तै, क्लब ब्रुगले मोनाकोलाई ४–२ले हराउँदा कोपनहेगन र बायर लेभरकुसनले २–२को बराबरी खेले।
