चेल्सीमाथि युनायटेडको जित, मर्सीसाइड डर्बीमा लिभरपुल विजयी

21 Sep, 2025
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शनिबार राति भएको २ रातो कार्डा पाएको खेलमा युनाइटेडले चेल्सीमाथि २–१को जित निकाल्यो।

खेलमा चेल्सीका लागि कप्तान ब्रुनो फर्नान्डेस र कासेमिरोले गोल गरे भने चेल्सीका ट्रेवाह चालबाहले गोल गरेका थिए।

पाँचौं मिनेटमै चेल्सी १० खेलाडीमा समेटियो। उसका गोलपिकर रोबर्ट सान्चेजले डिबक्स बाहिर खराब फाउल गरेपछि उनले सिधै रातो कार्डा पाएका थिए। त्यसपछि चेल्सी दबाबमा आएको थियो।

लगत्तै चेल्सीले २ खेलाडी परिवर्तन गरेको थियो। उसले स्टेवाओको स्थानमा गोलपिकर फिलिपे जोर्गेन्सन र पेड्रो नोटोका स्थानमा डिफेन्डर टोसिन अडाराबिओ मैदान प्रवेश गरेका थिए।

१४औं मिनेटमा फर्नान्डेसको गोलमा युनाइटेडले अग्रता लियो। उनले प्याट्रिक डोर्गुको पासमा गोल गरेका थिए। एक गोलले पछि परेपछि चेल्सीले २१औं मिनेटमा केल पाल्मरको स्थानमा आन्द्रे सान्तोषलाई मैदान छिराएको थिए। यो प्रिमियर लिगकै इतिहासकै सर्वाधिक छिटो तीन खेलाडी परिवर्तन भएको खेल बन्यो।

यस्तै, ३७औं मिनेटमा ह्यारी मग्वायरको पासमा कासेमिरोले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो। पहिलो हाफकै इन्जुरी समयमा कासेमिरोले नै रातो कार्डा पाएपछि युनाइटेड पनि १० खेलाडीमा समेटियो।

दोस्रो हाफमा चेल्सीले उत्कृष्ट प्रदर्शन गरेको थियो। ८०औं मिनेटमा रेइस जेम्सको कर्नरमा चालबाहले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा युनाइटेड विजयी भयो।

योसँगै युनाइटेडले रुबेन अमोरिमको प्रशिक्षमा पहिलो पटक घरेलु मैदानमा लगातार दुई खेल जितेको हो।

यस्तै, मर्सीसाइड डर्बीमा लिभरपुल विजयी भएको छ। उसले एभर्टनमाथि २–१कै जित निकाल्यो। यो लिभरपुलको प्रिमियर लिगमा लागतार पाँचौं जित हो।

एनफिल्डमा भएको खेलमा लिभरपुलका रायन ग्रावेनबार्चले १०औं र ह्युगो एकिटिकेले २९औं मिनेटमा गोल गरेका थिए। ५८औं मिनेटमा एभर्टनमा इड्रिसा गाना गुएले गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा लिभरपुल विजयी भयो।

अन्य खेलमा फुलहमले ब्रन्टफोर्डमाथि ३–१को जित निकाल्दा लिड्सले वुल्भ्सलाई ३–१ ले नै हरायो। यस्तै, क्रिस्टल प्यालेसले वेस्टहमलाई २–१ले हराउँदा टोटनहम ब्राइन्टनसँग २–२को बराबरीमा राकियो।