रोनाल्डो चम्किँदा अल नासर विजयी

21 Sep, 2025
Share:
117 Shares

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि साउदी प्रो लिगमा उनको टिम अल नासरले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा रोनाल्डोले २ गोल गरेको खेलमा अल नासरले अल रियादमाथि ५–१को सानदार जित निकाल्यो।

खेलमा रोनाल्डोसँगै जोआ फेलिक्सले पनि २ गोल गरे भने अर्को गोल किंग्स्ले कोमनले गरे। अल रियादका ममडोउ सिलाले गोल गरेका थिए।

खेलमा छैठौं मिनेटमा फेलिक्सको गोलमा अल नासरलेले अग्रता लियो। ३०औं मिनेटमा कोमनले टिमको अग्रता दोब्बर बनाए। ३३औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पहिलो हाफमा अल नासरले ३–०को अग्रता लियो।

दोस्रो हाफमा पनि अल नासर रोकिएन। ४९औं मिनेटमा फेलिक्सले नै टिमका लागि चौथो गोल गरे। ५१औं मिनेटमा सिलाले रियलका लागि गोल गर्दै खेलालाई ४–१को अवस्थामा ल्याए।

तर, ७६औं मिनेटमा रोनाल्डोले गोल गरेपछि अल नासर ५–१ले विजयी भयो। यो सिजन रोनाल्डोले ५ खेलमा ४ गोल गरेका छन्। योसँगै ४० वर्षीय रोनाल्डो करिअरको १ हजार गोलबाट ५५ गोल मात्र टाढा छन्।