मेजर लिग सकरमा लियोनल मेसीको टिम इन्टर मियामी विजयी भएको छ। आइतबार बिहान भएको खेलमा सुपरस्टार मेसीले गोल र असिस्ट गरेपछि मियामीले डिसी युनाइटेडमाथि ३–२को जित निकाल्यो।
खेलमा मेसीले २ गोल गर्नुका साथै असिस्ट पनि गरेका थिए। मियामीका ताडेओ अलेन्डे पनि गोल गर्दा डिसीका क्रिस्टियन बेन्टेके र ज्याकोब मुरेलले गोल गरे।
खेलमा ३५औं मिनेटमा अलेन्डेको मेसीको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। ५२औं मिनेटमा बेन्टेकेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।
६६औं मिनेटमा मेसीले गोल गर्दै मियामीलाई पुनः खेलमा अग्रता दिलाए। उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। ७२औं मिनेटमा मियामीले पेनाल्टी पायो। मेसीले प्रहार गरेनन्, पेनाल्टी माटेओ सिल्भेटीले प्रहार गर। तर, उनी गोल गर्न सकेनन्।
त्यसपछि ८५औं मिनेटमा पुनः मेसीले गोल गरेपछि मियामी ३–१को अवस्थामा पुग्यो। मेसीले यो सिजन एमएसएलमा २२ खेलमा २२ गोल नै गरेका छन्।
इन्जुरी समयको सातौं मिनेटमा मुरेलले गोल गर्दै डिसीलाई खेलमा फर्काउने प्रयास गरे। तर, थप गोल नहुँदा मियमी विजयी भयो। मियामी २८ खेलमा ५२ अंकसहत पाँचौं स्थानमा छ भने डिसी २५ अंकसहित १४औं स्थानमा छ। उसले ३१ खेल खेलेको छ।
