सिटी र आर्सनलले खेले बराबरी

22 Sep, 2025

इंग्लिस प्रियिमर लिगमा दुई हेभिवेट टिम म्यान्चेस्टर सिटी र अर्सानलले बराबरी खेलेका छन्। इमिरेट्स मैदानमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलमा सिटीका लागि अर्लिक हालान्डले गोल गरेका थिए भने आर्सनलका ग्याब्रिअल मार्टिनेलीले गोल गरेका थिए।

खेलमा नवौं मिनेटमा हालान्डाको गोलमा सिटीले सुरुआती अग्रता लियो। उनले तिजानी रेजिन्डर्सको पासमा गोल गरेका थिए। खेलमा सिटी जिततर्फ अग्रसर भइरहेको बेला दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मार्टिनेलीले इबरेची एजेको पासमा गोल गर्दै सिटीसँग १ अंक खोसे।

अन्य खेलमा १० खेलाडीमा समेटिएको सन्डरल्यान्डले एस्टन भिल्लालाई १–१को बराबरीमा रोकेको छ भने बोर्नेमाउथ र न्युकासलले गोलरहित बराबरी खेलेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]