अभिशेक शर्माको विस्फोटक ब्याटिङ, एसिया कपमा पाकिस्तानमाथि भारतको लगातार दाेस्राे जित

22 Sep, 2025
Share:
117 Shares

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो।

दुबईमा पाकिस्तानले दिएको १७२ रनको चुनौतीपूर्ण लक्ष्य भारतले ४ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्टायो। भारतका लागि अभिशेक शर्माले अर्धशतक बनाए। उनले ३९ बलमा ६ चौका र ५ छक्का मद्दतमा ७४ रन बनाए।

यस्तै, शुभमन गिलले २८ बलमा ८ चौका मद्दतमा ४७ रन बनाए। यी दुई पहलिो विकेटका लागि ९.५ ओभरमा १०५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। तिलक बर्माले १९ बलमा समान २ चौका र छक्का मद्दतमा ३० रन बनाए।

बलिङमा पाकिस्तानका ह्यारिस रउफले २ तथा अब्रार अहमद र फहिम अश्रफले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन बनायो। उसले पहिलो १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको थियो। १० ओभरमा पाकिस्तान ९१–१को बलियो अवस्थामा थियो। तर, त्यसपछि भारतले खेलमा पकड बाएको थियो।

उसका साहिबजादा फहरानले ४५ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५८ रन बनए भने सइम अयुब र हुसैन तलतले समान २१ रन बाउँदा फइम अश्रफले २० रन बनाए।

बलिङमा भारतका शिवम दुवेले २ तथा हार्दिक पाण्ड्या र कुलदीप यादवले समान १ विकेट लिए।

जारी प्रतियोगितामा पाकिस्तानमाथि भारतको यो लागतार दोस्रो जित हो।