नेपाली महिला फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

23 Sep, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

खेल भारतको सिक्कममा आगामी कात्तिक ९ गते हुने एन्फाले जनाएको छ। एन्फाको परिमार्जित क्यालेन्डरमा यो खेल समावेश छ।

यस्तै, नेपाली महिला टिमले मंसिरमा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने पनि एन्फको क्यालेन्डरमा छ। इन्डोनेसियामै हुने खेलमा घरेलु टोलीसँगै चाइनिज ताइपेइ पनि सहभागी हुन् छ। खेल मंसिर ८–१६ सम्म हुने छ।

त्यस्तै, नेपाली महिला टिमले घरेलु मैदानमा साफ च्याम्पियनसिप पनि खेल्ने छ। प्रतिोगिता आगामी मंसिर १९ देखि पौस ४ गतेसम्म दशरथ रंगशालामा हुनेछ।

एन्फा महिला च्याम्पियनसिप पुस ११ देखि २२ सम्म च्यासल रंगशालामा हुने जनाइएको छ। सहिद स्मारक महिला लिग र महिला सुपर लिग समेत क्यालेन्डरमा समावेश छन्।