यू-१७ साफको सेमिफाइनलमा नेपालले भारतसँग खेल्दै

25 Sep, 2025

यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै छ।

खेल श्रीलंकाको कोलम्बोस्थित कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ।

भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपाल समूह एको उपविजेता तथा भारत समूह बीको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।

तीन टिम मात्र रहेको समूहमा नेपालले एक जित र एक हार व्यहोरेको थियो। नेपालले श्रीलंकालाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो।भारतले भने समूहका तीनै खेल जितेको थियो।

यू–१७ मा अहिलेसम्म ९ संस्करण आयोजना हुँदा सर्वाधिक ६ संस्करणको भारतले जितेको छ। भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ। यता नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन।

सन् २०१९ यता नेपाल र भारत यस उमेर समूहमा ६ पटक भिडेका छन् । जसमा नेपालले जम्मा एक पटक मात्र भारतलाई हराउन सफल भएको छ । त्यसैले आजको खेल पनि नेपालका लागि निकै गाह्रो हुने देखिएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक सन्जित सिंहले खेलाडीहरुमा केही चोट रहेको र त्यही अनुसार सेमिफाइनलमा भारतविरुद्ध रणनीति बनाएर मैदान उत्रने बताएका छन्। उनले भारत विरुद्ध बल पोसेसन राखेर खेल्ने बताए।

यस्तै कप्तान प्रशान्त मोक्तानले भारत विरुद्ध उच्च मनोबल लिएर खर्ल्ने बताए। उनले भारत कठिन प्रतिद्वन्दी रहेको र जितकै लागि खेल्ने बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]