भारतसँग पराजित हुँदै नेपाल यू-१७ साफबाट बाहिरियो

26 Sep, 2025

नेपाल श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।

बिहीबार कोलोम्बोस्थित रेसकोर्स मैदानमा भएको सेमिफाइनलमा नेपाल डिफेन्डिङ च्याम्पियन भारतसँग ३-०ले पराजित भयो।

नेपाललाई हराउँदै फाइनल पुगेको भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश सेमिफाइनलमा पाकिस्तानलाई २-० ले हराएर फाइनल पुष्ेको हो।

नेपालविरुद्ध भारतले तीनै गोल दोस्रो हाफमा गरेको थियो। भारतका लागि गुनलेइबा वाङ्गखेरिएक्पमाले ६१औं मिनेटमा गोल गरी अग्रता दिलाए।

अजलान शाहले ८०औँ मिनेटमा गोल गदैै भारतको अग्रता दोब्बर बनाए। डिएमिन्ड सिंहले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै टिमलाई ३-० को जित दिलाएश्र

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]