जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

26 Sep, 2025

नेपाल प्रियिमर लिग (एनपिएल) च्याम्पियन्स टिम जनकपुर बोल्ट्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरको छ।

पहिचान र सांस्कृतिक आत्म सम्मान–मधेश प्रदेशको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधतालाई लोगोमा समेट्ने प्रयास गरिएको जनकपुर बोल्ट्सले जनाएको छ।

जनकपुर बोल्ट्सले नयाँ लोगो मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने विश्वास लिएको जनाएको छ। लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास उसको छ।

जनकपुर बोल्ट्स मात्र टिम होइन, मधेशका जनता, उनीहरूको पहिचान, र क्रिकेटप्रतिको आत्माभिमानको प्रतीक बन्ने अपेक्षा गरिएको छ।

नयाँ लोगो सार्वजनिक गर्दै जनकपुर बोल्ट्सले पहिलो सिजनमा नै हासिल गरेको उपाधिले नेपालको फ्रेन्चाइज टि–२० क्रिकेटमा आफ्नो विशेष स्थान तय गरिसकेको उल्लेख गरेको छ।

नयाँ सिजनका लागि जनकपुर बोल्ट्सले आसिफ सेख, अनिल साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंशकार र तुलबहादुर थापामगरलाई रिटेन गरेको थियो भने अक्सनबाट उसले मयन यादव, सचिन भट्ट, आदित्य महता र विशाल अग्रीलाई किनेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]