नेपालले आईसिसीको पूर्ण सदस्य वेस्टइन्डिजसँग ऐतिहासिक टि–२० सिरिज खेल्दै छ। नेपालले पहिलो पटक आईसिसीको पूर्ण सदस्यसँग पहिलो पटक सिरिज गर्न लागेको हो।
सिरिज भोलिबाट सुरु हुँदै छ। सिरिजको पहिलो खेल नेपाली समयअनुसार भोलि राति ८ः४५ बजे सारजाह क्रिकेट मैदानमा हुने छ।
ेखेलअघि शुक्रबार सारजाहमा भएको प्रिम्याच कन्फ्रेन्समा कप्तान रोहित पौडेलले सिरिजका लागि आफूहरु तयार रहेको बताउँदै खेलाडीको मनोबल उच्च रहेको बताए। सिरिजका लागि तयारी राम्रो भएको बताउँदै वेस्टइन्डिजसँग ऐतिहासिक सिरिज खेलन आफूहरु आतूर रहेको बताए।
यस्तै, कप्तान रोहितले यो सिरिज दशैंको मुखमा नेपालीहरुलाई थप खुसी दिने अवसर समेत भएको बताए। उनले भने, ‘हाम्रो लागि ऐतिहासिक अवसर छ, साथै सम्पूर्ण नेपालीहरूलाई खुसी बनाउने अवसर पनि छ।’
उनले टि–२० क्रिकेटको बलियो वेस्टइन्डिजलाई हराउन सके त्यसले विश्वकपमा राम्रो छाप छोड्न सकने बताए। ‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सके विश्व क्रिकेटमा राम्रो छाप छोड्न सक्छौं। यसले विश्वकप छनोटमा पनि महत्वपूर्ण भूमिका खेल्न छ,’ रोहितले भने।
प्रिम्याच कन्फ्रेन्समा रोहितले नेपाल फर्कँदा विश्वकपमा छनोट भएर फर्कने उनले प्रतिबद्धता जनाए। ‘वेस्ट इन्डिजसँगको सिरिजमा राम्रो गरेर विश्वकपमा पनि छनोट हुने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।
दुवै देशका टिम
नेपाल : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिज : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर
