टी–२० सिरिजको निर्णायक खेलमा नेपाल र मलेसिया खेल्दै, नेपालले पहिला बलिङ गर्ने

8 Oct, 2025
Share:
117 Shares

अन्तर्राष्ट्रिय टी–२० सिरिजको निर्णायक तथा अन्तिम खेलमा आज नेपाल र मलेसिया खेल्दै छन्। मलेसियामा केहीबेरपछि सुरु खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। 

मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो। 

५ खेलको सिरिज २–२ को बराबरीमा रहेकाले यो खेल दुवैका लागि महत्वपूर्ण छ। दुवै टिम आजको खेल जित्दै सिरिज जित्ने दाउमा छन्।
 
बुधबार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो।
 
नेपालले टि २० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो।