टि-२० विश्वकप छनोटमा नेपालको विजयी सुरूआत, नेपालकाे सानदार बलिङ, मध्यम ब्याटिङ

9 Oct, 2025

टि-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। बुधबार ओमानमा सुरु भएको विश्वकप छनोटमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकाल्यो।

कुवेतविरुद्धको जितमा नेपालले ब्याटिङमा मध्यम प्रदर्शन गर्दा उत्कृष्ट बलिङ गरेको थियो। १४२ रनको मध्यम लक्ष्य डिफेन्ड गर्ने क्रममा उत्कृष्ट बलिङ गर्दै नेपालले ५८ रनको सादनर जित निकालेको हो।

नेपालको कसिलो बलिङपछि १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाउँदा यासिन पटेलले १९ र मित भवसरले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी र रोहित पौडेल समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतक मद्दतमा नेपालले ७ विकेटको क्षतिमा १४१ रन बनायो। अन्तिम ओभरमा आउट भएका कुशलले ५६ बलमा समान ३ चौका र छक्का मद्दतमा ६६ रन बनाए।

यस्तै, गुल्सन झाल ६ बलमा लगातार तीन छक्का मद्दतमा २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन बनाए। कप्तान रोहितले १५ बलमा १६ रन बनाए।

९ टिम सहभागी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह बीमा रहेको नेपालले दोस्रो खेलमा भोलि जापानसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]