एसियन कप छनोटमा भियतनामसँग खेल्दै नेपाल, २२ वर्षपछि भीड्दा निस्केला त जित?

9 Oct, 2025

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज भियातनामसँग खेल्दै छ। समूह एफ अन्तर्गतको नेपाल र भियतनामबीचको यो खेल भियतनाममै नेपाली समयअनुसार साँझ ६ः१५ सुरु हुनेछ।

नेपालले भियतनामसँग २२ वर्षपछि खेल्न लागेको छ। छनोटको सुरुआती दुई खेलमा अंक जोड्न नसकेको नेपाल भियतनामविरुद्ध उसकै मैदानमा अंड्ने दाउमा छ।

नेपालका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने बताएका छन्। तर, भियतनामविरुद्ध उसकै मैदनमा अंक जोड्न सहज भने हुनेछैन।

प्रशिक्षक रसले लाओसविरुद्ध निराशाजनक प्रदर्शन सुधार गर्दै भियतनामविरुद्ध मैदान उत्रने बताए। टिममा सुधार गर्न यो उपयुक्त अवसर भएको पनि बताएका छन्।

नेपालले अहिलेसम्म भियतनामविरुद्ध जित हात पार्न सकेको छैन । यसअघि एसियन कप छनोटमा सन् २००३ मा नेपालले भियतनामसँग दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको थियो। फिफा वरियतामा भियतनाम ११४औं र नेपाल १७६औं स्थानमा छ।

यता, कप्तान किरण चेम्जोङले भियतनामसँग खेल्न उत्साहि रहेको बताएका छन्। उनले भियतनाम उत्कृष्ट टिम भएपनि आफूहरुले उत्कृष्ट प्रदर्शन दिँदै उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्ने बताए।

नेपालले दशरथ रंगशाला तयार नहुँदा भियतनामसँगको होम खेल पनि भियतनाममै खेल्ने छ। यो खेल अक्टोबर १४ मा हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]