रोनाल्डोले पेनाल्टी मिस गरेपनि विश्वकप छनोटमा पोर्चुगल विजयी

12 Oct, 2025

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेपनि फिफा विश्वकपको युरोप छनोटमा पोर्चुगल विजयी भएको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले आयरल्यान्डमाथि १-०को जित निकाल्यो।

यो सँगै पोर्चुगलले विश्वकप छनोटमा आफ्नो जितको यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ। समूह एफमा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ।

पोर्चुगललाई जित दिलाउने क्रममा उसका लागि दोस्रो हाफको इन्जुरी समयमा रुबेन नेभेसले गोल गरे। उनले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सिस्को ट्रिन्काओको पासमा गोल गरेका थिए।

त्यसअघि ७५औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुकेपछि पोर्चुगलले अग्रता लिने अवस गुमाएको थियो। उनको प्रहार आयरल्यान्डका गोलकिपरले रोकेका थिए।

अन्य खेलमा इटालीले स्टोनियामाथि ३-१को जित निकाल्दा स्पेनले जर्जियामाथि २-० र हंगेरीले अर्मेनियालाई पनि २-०ले नै हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]