एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ। भियनाममै मंगलबार साँझ भएको खेलमा नेपाल १)०ले पराजित भयो।
यो हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ। नेपालले लागतार चौथो हार ब्यहोरोको हो। यसअघि नेपाल मलेसियासँग २)०, लाओससँग २)१ र भियतनामसँगै ३)१ले पराजित भएको थियो।
हो चि मिन सिटीस्थित थोङ न्हाट स्टेडियममा भएको खेलमा नेपालमा सुमन श्रेष्ठले पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो। पाँचौं मिनेटमा सुमनले आफ्नै पोस्टमा गोल गरेका थिए।
निरन्तर आक्रमण गरेपनि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दा भियतनामले गोल थप्न सकेन।
दशरथ रंगशालमा एसियन कप छनोट खेल खेलाउन अयोग्य हुँदा नेपालले होम खेल पनि भियतनाममै खेलेको हो।
यही खेलबाट भेट्रान मिडफिल्डर रोहिचत चन्दले १ सय क्याप जितेका छन्। यस्तो उपलब्धि पाउने उनी दोस्रो खेलाडी हुन्। यसअघि किरण चेम्जोङले पनि १ सय क्याप जितेका थिए।
अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ।
