आर्सनल विजयी, सिटीलाई एस्टन भिल्लाले हरायो

27 Oct, 2025
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा अर्सानल विजयी भएको छ। आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–०ले हरायो। 

आर्सनलको जितमा इबेरेची एजेले ३९औं मिनेटमा निर्णाय गोल गरे। त्यसपछि थप गोल नहुँदा आर्सनल विजयी भयो।

यस्तै, अर्को खेलमा म्याचेस्टर सिटी भने पराजित भयो। उ एस्टन भिल्लासँग १–०ले नै पराजित भयो। भिल्लाका लािग १९औं मिनेटमा म्याटी क्यासले निर्णायक गोल गरे।

जितपछि आर्सनलले २२ अंकसहित शीर्ष स्थानमा छ। यता, सिटी भने तेस्रो स्थानबाट पाँचौं स्थानमा झरेको छ। १८ अंकसहित बोर्नेमाउथ दोस्रो, १७ अंकसहित टोटनहम तेस्रो स्थानमा रहँदा १७ अंक नै जोडेको सन्डरल्यान्ड चौथो स्थानमा छ।