मैत्रीपूर्ण खेलमा नेपाली महिला टिमले भारतसँग खेल्दै

27 Oct, 2025

भारतमा भइरहेको ट्राइनेसन्स महिला मैत्रीपूर्ण फुटबलमा नेपालले आज भारतसँग खेल खेल्दैछ।

खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

यो नेपालको सिरिजको दोस्रो खेल हो। यसअघि नेपाल इरानसँग ३–०ले पराजित भएको थियो। यता, भारत पनि इरानसँग पराजित भएको थियो।

उपाधि भने यसअघि नै इरानले जितिसकेको छ। त्यसैले नेपाल र भारतबीचको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। दुवै लक्ष्य जितसहित प्रतियोगिताको समापन गर्नुहुनेछ।

नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन्।

प्रशिक्षक न्यौपानेले भारत राम्रो प्रतिद्वन्दी भएको बताउँदै हरेक सेकेण्ड फोकस गरेर खेल्ने बताए। भारतविरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहना आफूहरुको रहेको उनले बताए।

सन् २०१९ मा उसकै भूमिमा भारतलाई हराएको नेपाललाई त्यही अवसर छ। तर, एसिया कपमा छनोट भएको भारतलाई हराउनु नेपालका लागि सहज भने पक्कै छैन। पछिल्लो समय भारतलाई नेपालले टक्कर दिइरहेकाले जितको अपेक्षा भने गर्न सकिन्छ।

नेपाल र भारतबीच अहिलेसम्म समग्रमा १८ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]