डिफेन्डर पुजा रानाले महिला साफ क्लब च्याम्पियनसिप बंगलादेशको क्लबबाट खेल्ने

29 Oct, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पुजा रानाले महिला साफ क्लब च्याम्पियनसिप बंगलादेशको क्लबबाट खेल्ने भएकी छिन्।

नेपाली राष्ट्रिय फुटकल टिमकी नियमित सदस्य पुजालाई बंगालदेशी क्लब नसरिन स्पोर्ट्स क्लबले प्रतियोगिताका लागि अनुबन्धन गरेको छ।

क्लबले समाजिक सञ्जालमार्फत पुजालाई अनुबज्धजन गरेको जनाएको छ। उसले पुजाको अनुबन्धनलाई ऐतिहासिक भनेको छ।

भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजबाट व्यवसायिक फुटबल खेलिरहेको उनी घरेलु फुटबल भने विभागीय टिम नेपाल पुलिस क्लबबाट खेल्छिन्।

५ देशका ५ क्लब सहभागी हुने प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ। प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ।

प्रतिोगितामा नेपालको एपिएफ क्लब, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]