लिभरपल तीन महिनामा तेस्रो पटक क्रिस्टल प्यालेससँग पराजित, कारबाओ कपको चौथो चरणबाटै बाहिरियो

30 Oct, 2025

समर ट्रान्सफरमा उल्लेख्य रकम खर्चिएको अर्न स्लटको टिम लिभरपुलले सिजनको सुरुआत उत्कृष्ट गरेको थियो। तर, सिजनको सुरु भएको तीन महिना नबित्दै लिभरपुले लय गुएको छ।

उसले प्रियिमर लिगमा लागतार ४ हार व्यहोरोको छ भने कारबाओ कपको चौथो चरणबाटै बाहिरिएको छ। बुधबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग ३–०ले पराजित भयो।

यो सिजन लिभरपुल र क्रिस्टल प्यालेस फरक प्रतियोगितामा तीन पटक भीडेका छन्। तीनै पटक क्रिस्टल प्यालेस विजयी भएको छ। यसअघि उसले कम्युनिटी सिल्टमा पेनाल्टी सुटआउट र लिगमा २–१ले लिभरपुललाई हराएको थियो।

लिभरपुलविरुद्ध क्रिस्टल प्यालेसलाई जित दिलाउन स्माइला सारले २ तथा यरेमी पिनोले १ गोल गरे। उसले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो। ७९औं मिनेटमा लिभरपुलका अमारा नालोले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा समेटिएको थियो।

यता, अन्य खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीमाथि २–१को जित निकाल्दा, १० खेलाडीमा समेटिएको चेल्सीले वुल्भ्समाथि ४–३को जित निकाल्यो। यस्तै, न्युकासलले टोटनहमलाई २–०ले हराउँदा आर्सनलले ब्राइटनलाई २–०ले नै हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]