सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

सम्झौता अवधि बाँकी छँदै राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक रसले दिए राजीनामा

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।

अस्ट्रेलियाका रसले बिहीबार राजीनामा दिएका हुन्। उनले सम्झौता अवधि बाँकी छँदै राजीनामा दिएका हुन्।

उनी गत फागुन १८ गतेमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

रसको प्रशिक्षणमा नेपालले ७ खेल खेल्दा १ जित र ४ हारको समाना गरेको छ। ती चारै हार एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले भोगेको थियो। लगातार चार हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरिसकेको छ।

उनको प्रशिक्षणमा नेपालको एकमात्र जित सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलका थियो।

1.3Kशेयर