फाफ डु प्लेलिसले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

31 Oct, 2025

दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान फाफ डु प्लेलिसले नेपालमा फ्रेन्चाइजी क्रिकेट खेल्ने भएका छन्।

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि ४१ वर्षीय डु प्लेलिसलाई विराटनगर किंग्सले अनुबन्धन गरेको हो। विराटनगरले केहीबेर अघिमात्र यसको घोषणा गरेको छ।

एनपिएलको दोस्रो सिजनका लागि आएका खेलाडीमध्ये उनी सबैभन्दा ठूला स्टार हुन्। यसअघि अस्ट्रेलियाका क्रिस लिन, डार्सी सर्ट, न्युजिल्यान्डका जिमी निशम एनपिएलमा आबद्ध भइसकेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यस लिएको लामो समय भएपनि डु प्लेलिसले फ्रेन्चाइजी क्रिकेट खेलिरहेका छन्। उनी पछिल्लो समय दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन्। रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्सबाट पनि उनले आइएपिएल खेलेका छन्। चेन्नईबाट उनले उपाधि पनि जितेका छन्।

उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टि–२० खेल खेलेका छन्। टि–२० आईमा उनले १ शतक र १० अर्धशतक मद्दतमा कुल १५२८ रन बनाएका छन्। उनको स्ट्राइकरेट १३४.३८को छ।

उनले कुल ४२४ टि–२० खेल खेल्दा ३२ को एभरेजमा ११९०६ रन बनाएका छन्। जसमा ८ शतक र ८३ अर्धशतक सामेल छ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले यसअघि साम हेजलेटलाई अनुबन्धन गरेको छ। एनपिएलको दोस्रो सिजन मंसिर १ गतेबाट सुरु हुँदैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]