दीपेन्द्र, करण, कुशल र भीमको उत्कृष्ट ब्याटिङ, नेपालले दियो अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य

1 Nov, 2025
Share:
117 Shares

दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि आईसिसी विश्वकप लिग–२को क्रिणात्मक सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

दुबईको आईसिसी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल इनिङकोे १ बल बाँकी छँदै २७१ रनको अलआउट भयो।

यसअघिका दुवै खेल हारेका नेपालले आज अमेरिकाविरुद्ध सुधारिएको ब्याटिङ प्रदर्शन गरेको थियो। नेपालका लागि दीपेन्द्रले ७५ रनको सानदार पारी खेले। उनले ६७ बलमा ३ छक्का र २ चौका प्रहार गरे। यस्तै, करण केसीले अन्त्यतिर ३१ बलमा ३ छक्क र २ चौका मद्दतमा ४९ रनको विस्फोटक पारी खेले।

त्यसअघि कुशल भुर्तेलले ६५ बलमा ४७, भीम सार्कीले ५८ बलमा ४३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ४६ बलमा ३६ रन बनाएका थिए। नेपालका पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले सर्वाधिक ८९ रनको साझेदारी गर्दा दोस्रो विकेटका लागि कुशल र भीमले ८६ रनको साझेदारी गरेका थिए।

बलिङमा अमेरिकाका हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए भने सौरभ नेत्रवाल्कर र नोशथुस केन्जिगेले समान २ विकेट लिए।

यो सिरिजमा नेपालले यसअघिका दुवै खेल हारेको थियो। नेपालले अमेरिकासँग १०६ रन र यूएईसँग ५ विकेटले पराजित भएको थियो।