आईसिसी विश्वकप लिग-२मा नेपालको निरन्तर खराब प्रदर्शन, अमेरिकासँग ४ विकेटले पराजित

1 Nov, 2025
Share:
117 Shares

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले लागतार तेस्रो हार व्यहोरोको छ। शनिबार दुबईको आईसिसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।

नेपालले दिएको २७२ रनको चुनौतीपूर्ण लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि साइतेजा मुकामल्लले १०१ बलमा ७ चौका र १ छक्का मद्दतमा ७५ रन बनाए भने मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्का मद्दतमा ७० रन बनाए। यी दुईले चौथो विकेटका लागि १२३ रनको साझेदारी गर्दै अमेरिकालाई जित दिलाए।

यी दुई बाहृेक सायन जाहंगीरले ३६, मोनांक पटेलले २१ र शुभम रन्जानेले १९ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदा नन्दन यादव, करण केसी र गुल्सन झाले समान १ विकेट लिए।

पहिला ब्याटिङ गरेको नेपाल दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ मद्दतमा १ बल बाँकी छँदै २७१ रनको अलआउट भएको थियो।

नेपालका लागि दीपेन्द्रले ७५ रनको सानदार पारी खेले। उनले ६७ बलमा ३ छक्का र २ चौका प्रहार गरे। यस्तै, करण केसीले अन्त्यतिर ३१ बलमा ३ छक्क र २ चौका मद्दतमा ४९ रनको विस्फोटक पारी खेले।

त्यसअघि कुशल भुर्तेलले ६५ बलमा ४७, भीम सार्कीले ५८ बलमा ४३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ४६ बलमा ३६ रन बनाएका थिए। नेपालका पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले सर्वाधिक ८९ रनको साझेदारी गर्दा दोस्रो विकेटका लागि कुशल र भीमले ८६ रनको साझेदारी गरेका थिए।

बलिङमा अमेरिकाका हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए भने सौरभ नेत्रवाल्कर र नोशथुस केन्जिगेले समान २ विकेट लिए।

लागतार तेस्रो जितसँगै लिग–२मा २३ खेलमा ३४ अंकसहित शीर्ष स्थानमा छ। २४ खेलमा ३० अंकसहित स्टकल्यान्ड दोस्रो स्थानमा छ। नेपाल भने १२ खेलमा १२ अंकसहित सातौं स्थानमा छ।