नेपालले युएईलाई दियो २४० रनको मध्यम लक्ष्य

5 Nov, 2025
Share:
117 Shares

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको मध्यम लक्ष्य दिएको छ।

दुबईस्थित आईसिसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा चौका प्रहार गरे। यस्तै, कुशल मल्लले ५१ बल खेल्दै ४५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।

यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल सान्त्वना जितको खोजीमा छ। नेपालले अमेरिकासँग १०६ र ४ विकेटले पराजित हुँदा युएईसँग ५ विकेटले पराजित भएको थियो।