लिग-२को त्रिकोणात्मक सिरिजमा नेपाल जितबिहीन, अन्तिम खेलमा युएईसँग ४ विकेटले पराजित

5 Nov, 2025
Share:
117 Shares

आईसिसी विश्वकप लिग–२ अन्तगर्तको दुबईमा भएको सिरिजमा नेपाली टिम जितबिहीन बनेको छ। बुधबार दुबईको आईसिसी एकेडेमीमा भएको अन्तिम खेलमा युएईसँग ४ विकेटले पराजित भएसँगै नेपाल सिरिजमा जितबिहीन बनेको हो।

युएईमा बल र ब्याट दुवैमा फिक्का देखिएको नेपाल यसअघि अमेरिकासँग १०६ र ४ विकेट तथा युएईसँग ५ विकेटले पराजित भएएको थियो।

बुधबार पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४० रनको मध्यम लक्ष्य युएईले ५ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि मुहम्मद साहददले १२३ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाीधक ९६ रन बनाए।

यस्तै, मुहम्म्द वासिमले ७६ रन बनाए। उनले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे यी दुईले तेस्रो विकेटका लागि १४० बलमा १४७ रनको उत्कृष्ट साझेदारी गरे। यी दुई बाहेक सोएब खानले २८, अलिसान सरफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिँदा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा चौका प्रहार गरे। यस्तै, कुशल मल्लले ५१ बल खेल्दै ४५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।

यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।

विश्वकप लिग–२मा नेपालको २० खेलमा १२ अंक छ भने युएईको समान खेलमा १० अंक छ। नेपाल र युएई सातौं र आठौं स्थानमा छन्। लिग–२०मा २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड समान खेलमा ३० अंकसहित दोस्रो स्थानमा छ।