आत्मघाती गोलमा हारबाट जोगियो बार्सिलोना

6 Nov, 2025

युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना हारबाट जोगिएको छ। बुधबार राति भएको खेलमा आत्मघाती गोल मद्दतमा बार्सिलोना बेल्जियन क्लब क्लब ब्रुगसँग ३–३को बराबरीमा रोकिएको हो।

बार्सिलोनाविरुद्ध तीन पटक अग्रता लिए पनि ब्रुग जितबाट बञ्चित भयो। ३–३को बराबरी पछि उसले चौथो गोल गरेको थियो। तर, त्यसलाई रेफ्रिले विवादस्पद रुपमा भारमार्फत रद्द गरेका थिए।

खेलमा क्लब ब्रुगका कार्लोस फोर्ब्स २ तथा निकोलो ट्रेसोल्डीले गोल गरे। यता, बार्सिलोनाका फरान टोरेस, लमिन यमालले गोल गर्दा क्रिस्टोस जालिसले आत्मघाती गोल गरेका थिए।

खेलको छैटौं मिनेटमा ट्रेसोल्डीले गोल गर्दै ब्रुगलाई अग्रता दिलाए। त्यसको दुई मिनेटमै टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए।

१७औं मिनेटमा फोर्ब्सले गोल गर्दै ब्रुगलाई पुनः खेलमा अग्रता दिलाए। पहिलो हाफ २–१ मै सकियो। दोस्रो हाफको ६१औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई फेरि बराबरीमा ल्याए।

६३औं मिनेटमा फोर्ब्सले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्रुगले खेलमा ३–१को अग्रता लियो। तर, ७७औं मिनेटमा ब्रुगक क्रिस्टोस जोलिसबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा आयो।

बराबरीपछि ४ खेलमा ७ अंक जोडेको बार्सिलोना ११औं स्थानमा छ । ४ अंकसहित ब्रुग २२औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]