सिटी र न्युकासल विजयी, रोकियो चेल्सी

6 Nov, 2025
Share:
117 Shares

च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ। बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ४–१ले हरायो।

सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चार्कीले पनि गोल गरे। डर्टमन्डका वाल्देमार एन्टनले गोल गरे।

२२औं मिनेटमा फोडेनको गोलमा सिटीले अग्रता लियो। २९औं मिनेटमा हालान्डले टिमको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ३–०को अग्रता लियो।

७२औं मिनेटमा डर्टमुन्डका एन्टनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे। तर, इन्जुरी समयमा चार्कीले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए।

जितपछि ४ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । ७ अंक भएको डर्टमुन्ड १४औं स्थानमा छ।

यस्तै, अर्को खेलमा न्युकासलले एथ्लेटिक क्लबलाई २–० ले हरायो। उसका लागि डान ब्रुनले ११औं र जोएलिङ्टनले ४९औं मिनेटमा गोल गरेका थिए।

यस्तै गएराति नै भएको खेलमा अर्को इंग्लिस क्लब चेल्सीले काराबागसँग २–२ को बराबरी खेल्यो। खेलमा काराबागका लियान्द्रो आन्द्रादेले गाल गर्दा अर्को गोल मार्को जानकोभिचले गरेका थिए। चेल्सीका लागि विलियन स्टेवाओ र अलेसान्द्रो गर्नाचोले गोल गरेका थिए। बराबरीपछि चेल्सी ४ खेलमा ७ अंकसहित १२औं स्थानमा छ ।

अन्य खेलमा इन्टर मिलानले काइरातलाई २-१ गोलअन्तरले हराउँदा एट्लान्टाले मार्सेइललाई १–० ले हरायो। बायर लेभरकुसनले बेनफिकालाई १–० ले हराउँदा गालातासारेले अयाक्सलाई ३(० ले हरायो ।