कर्णाली याक्सको जर्सी सार्वजनिक

6 Nov, 2025

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी टिम कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।

जाजरकोट र जुम्लाको सीमा क्षेत्रमा ४ हजार मिटरभन्दा माथि उचाईमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा कर्णाली याक्सको जर्सी सार्वजनिक गरिएको हो।

यो क्षेत्रमा अहिले अत्यधिक हिमपात भएको छ। हिउँ जमेकै क्षेत्रमा जर्सी सार्वजनिक गरिएको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले विदेशी खेलाडीका रुपमा अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध गरेको छ।

टिममा गुल्शन झा, नन्दन यादव, पवन सर्राफ, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युवराज खत्री, युनिशविक्रमसिंह ठकुरीलगायत खेलाडी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]