नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

7 Nov, 2025

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

विभिन्न तीन प्रतियोगिता खेलेर ४९ दिनपछि नेपाली टोली बिहीबार राति नेपाल आइपुगेको हो।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान(का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले स्वागत गरे।

यो ४९ दिनमा नेपालले दुबईमा वेस्टइन्डिजसँग ऐतिहासिक टि–२० सिरिज खेल्यो। जुन सिरिज नेपालले २–१ले जितेको थियो। त्यसपछि टि–२० विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टिमले त्यहाँ अपराजित रहँदै छनोटको उपाधि जित्यो। र, तेस्रो पटक विश्वकपमा स्थान बनायो।

त्यसपछि आईसिसी विश्वपक लिग २को त्रिकोणात्मक सिरिजका नेपाली टिम पुनः युएई फर्कियो। यसअघिका २ प्रतियोगितमा राम्रो प्रदर्शन गरेको नेपाली टिमले लिग–२मा भने विर्सन लायक प्रदर्शन गरेको थियो। सिरिजका चारै खेलमा नेपाल पराजित भएको थियो।

अब नेपाली खेलाडीहरू नेपाल प्रिमियर लिगको तयाराीमा जुट्ने छन्। एनपिएलको दोस्रो सिजिन मंसिर १ गतेबाट सुरु हुँदैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]