सन्नी पटेलले काठमाडौं गोर्खाजबाट एनपिएल खेल्ने

7 Nov, 2025
Share:
117 Shares

भारतीय मुलका अमेरिकी अलराउन्डर सन्नी पटेलले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेल्ने भएका छन्। ३८ वर्षीय अलराउन्डर पटेललाई काठमाडौं गोर्खाजले अनुबन्ध गरेको छ।

पटेलका नेपाली समर्थकका लागि परिचित नाम हो। उनले इपिए, डिपिएल, पिपिएल खेलेका थिए। जसमा उनले डिपिएल र पिपिएलको उपाधि जितेका थिए। उनी डिपिएलमा प्लेयर अफ द सिरिजमा बनेका थिए।

उनले गुजरातबाट रणजी ट्रफी खेलेका छन्। हाल उनी अमेरिकामा क्रिकेट खेलिरहेका छन्। उनले यो सिजन उनले मेजर लिग क्रिकेट च्याम्पियन एमआई न्यूयोर्कबाट खेलेका थिए। जसमा उनले ५ खेल खेलेका थिए।

त्यसअघि उनले अमेरिकामै माइनर लिग क्रिकेट पनि खेलेका थिए। उनले मोन्टी देसाई प्रशिक्षक रहेको एटलान्टा फायरबाट खेल्दै टिमलाई च्याम्पियन बनाएका थिए। उनले १० खेलमा १६ विकेट लिएका थिए। अहिले उनै मोन्टीले पटेललाई काठमाडौं गोर्खाजमा आबद्ध गरेका हुन्।

योसँगै काठमाडौं गोर्खाजले अधिकतम कोटाअनुसार ६ विदेशी खेलाडी अनुबन्धन गरेको छ। उसले इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमसm अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई अनुबन्धन गरेको छ।