बंगलादेश र मलेसियासँगको खेलका लागि नेपाली टिमको घोषणा, पुरानै अनुहारकाे निरन्तरता

8 Nov, 2025

अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आगामी २ खेलका लागि नेपाली टिमको घोषणा गरेका छन्। शािनबार दिउँसो उनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरहेका हुन्।

नेपाललले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोट दोस्रो चणको खेल खेल्दै छ।

अन्तिम मुख्य प्रशिक्षक खड्काले प्रारम्भिक चरणमा बोलाएका ३५ खेलाडीलाई २ दिन सामान्य प्रशिक्षण गराएपछि २३ सदस्यीय टिम घोषणा गरेका हुन्। उनले अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिएका छन्।

नेपाली टिम : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, कुशल देउवा, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, दिनेश हेन्जन, दिपेश गुरुङ, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, जिलेस्पी जंग कार्की, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]