सुमन कार्की बने लुम्बिनी लायन्सकाे ब्रान्ड आइकन

10 Nov, 2025
Share:
117 Shares

कमेडियन सुमन कार्की नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी लुम्बिनी लायन्सको ब्रान्ड आइकन बनेका छन्। लुम्बिनीले आइतबार कार्कीलाई ब्रान्ड आइन घोषणा गरेको हो।

युवा पुस्ताका चर्चिच कमेडियन सुमन क्रिकेटमा विशेष रुची राख्छन्। ब्रान्ड आइकन नियुक्त भएपछि उनले लुम्बिनी लायन्समार्फत एनपिएलमा जोडिन पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताएका छन्।

मंसिर १ गतेबाट सुरु हुने एनपिएलका लागि लुम्बिनीले भारतका तिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोविन सिंहलाई मेन्टर नियुक्त गरेको छ। यस्तै, उसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास खकुरेलललाई सहायक प्रशिक्षक बनाएको छ।

उसले विदेशी खेलाडीका रुपमा इटालीका फास्ट बलर थोम ड्रागा र अस्ट्रेलियन ब्याट्सम्यान ड्रार्सी सर्टलाई अनुबन्धन गरेको छ।

रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा सन्दीप जोरा, तिलक भण्डारी, विवेक यादव, शेर मल्ल, दुर्गेश गुप्ता, अविशेष गौतम, दिनेश अधिकरी, विशाल पटेल र अदिल खान छन्।