फ्रान्स र इंग्ल्यान्ड विश्वकपमा

14 Nov, 2025
Share:
117 Shares

युरोपबाट फ्रान्स र इंग्ल्यानड सन् २०२६को फिफा विश्वकपमा लागि छनोट भएका छन्। बिहीबार राति भएको खेलमा जित निकाल्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरेका हुन्।

बिहीबार राति भएको खेलमा युक्रेनलाई ४–०ले हराउाादै फ्रान्सले विश्वकपमा स्थान बनाएको हो। खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलिस र ह्युगो इकिटिकेले पनि गोल गरे।

खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो। ५५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ओलिसले ७६औं मिनेटमा अग्रता दोब्बर बनाए। ८३औं मिनेटमा एम्बाप्पे र ८८औं एकिटिकेले गोल गरेपछि फ्रान्स ४–०ले विजयी भयो।

छनोटको समूह डीमा ५ खेलमा फ्रानसको १३ अंक छ। समान खेलमा दोस्रो र तेस्रो स्थानमा रहेका आइसल्यान्ड र युक्रेनका समान ७ अंक छ। यी दुई मध्ये एक टिम प्लेअफम पुग्ने छन्।

यस्तै, अर्को खेलमा सर्वियालाई २–०ले हराउँदै इंग्ल्यान्डले पनि विश्वकपमा स्थान पक्का गरेको छ। उसका लागि बुकायो साका र इबेरेची एजेले गोल गरे। साकाले २८औं र एजेले ९०औं मिनेटमा गोल गरेका थिए।

समूह केमा ७ खेलमा सातै जित निकालेको इंग्ल्यान्डको २१ अंक छ। समान खेलम १४ अंक जोडेको अल्बानियाले अब प्लेअफ खेल्ने छ। इंग्ल्यन्डसँगको हारपछि सर्बिया भने छनोटबाट बाहिरिएको छ। उसको १० अंक मात्र छ।