रथरफोर्ड र शार्दुल मुम्बई ट्रेड भए

15 Nov, 2025

आईपिएलको मिनि अक्सनअघि मुम्बई इन्डियन्सले २ खेलाडी ट्रेड गरेको छ। उसले वेस्टइन्डिजका लोअर मिडलअर्डर ब्याट्सम्यान सेरफन रथरफोर्ड र फास्ट बलर शार्दुल ठाकुरलाई ट्रेड गरेको छ।

मुम्बईले रथरफोर्डलाई गुजरात टाइटन्सबाट २ करोड ६० लाखमा ट्रेड गरेको छ। योसँगै मुम्बईले लोअर मिडल अर्डर बलियो बनाएको छ।

यस्तै, मुम्बईले फास्ट बलर शार्दुल ठाकुरलाई लखनउ सुपर जायन्ट्बाट २ करोडमा ट्रेड गरेको छ। यो डिलमा लखनउले युवा फास्ट बलर अर्नुज तेन्दुलकरलाई मुम्बईबाट ट्रेड गरेकोछ।

शार्दुल अघिल्लो सिजन मेगा अक्सनमा अनसोल्ड भएका थिए। लिग सुरु हुनै लाग्दा मोसिन खान घाइते भएपनि लखनउले शार्दुललाई भित्र्याएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]