त्रिवि क्रिकेट स्टेडियम क्यानलाई हस्तान्तण

16 Nov, 2025

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइट र प्यारापिट निर्माणको पहिलो चरण सम्पन्न भएको छ।

आइतबार एक कार्यक्रममा गर्दै सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियम नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ।

कार्यक्रममा सहरी विकास मन्त्री कुलमान घिसिङले फ्लडलाइटको पनि औपचारिक उद्घाटन गरेका थिए।

योसँगै नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन फ्लडलाइट र प्यारापिटसहितको स्टेडियममा हुनेछ।

एनपिएलको दोस्रो संस्करण भने भोलि साँझबाट सुरु हुँदैछ। साँझ ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भीड्ने छन्।

एनपिएलका आधाभन्दा बढी खेलहरु यो पटक फ्लडलाइटमा हुनेछ। उद्घाटन खेलको टिकट यसअघि नै सोल्डआउट भइसकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]