नेपाल प्रिमियर लिगको दोस्रो सिजन केही बेरपछिबाट कीर्तिपुरस्थित टियू स्टेडियममा सुरु हुँदैछ। डे–नाइट हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्दैछ।
जसमा काटमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका छन्। टस हारेसँगै जनकपुरले पहिला ब्याटिङ गर्ने भएको छ।
यो खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक खेल हो। नेपाल फ्लडलाइटमा खेलिएको यो पहिलो खेल हो। खेलाडीसँगै दर्शकले पनि आजबाट नयाँ अनुभव लिने छन्।
जनकपुर बोल्ट्स : लहिरु मिलन्था, आसिफ सेख, अनिल साह, मयन यादव, विकाश अग्री, रुपेश सिंह, लहिरु समराकोन, जान निकोल लफ्टी इटोन, सञ्जय कृष्णमूर्ति, किशोर महतो, ललित राजवंशी।
काठमाडौं गोर्खाज : जोन सिम्पसन, बेन चार्ल्सवर्थ, भीम सार्की, आकाश त्रिपाठी जेराड इरास्मस, मिलिन्द कुमार, अदिल आलम अन्सारी, रसिद खान, सन्तोष यादव, साहब आलम र करण केसी।
