आशिफले बनाए दोस्रो सिजनको एनपिएलकाे पहिलो अर्धशतक

17 Nov, 2025

नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन २को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन्।

टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको हो।