एनपिएलमा चितवनको विजयी सुरुआत, कर्णाली याक्स ४ विकेटले पराजित

18 Nov, 2025

नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हरायो।

कर्णालीले दिएको १६७ रनको चुनौतीपूर्ण लक्ष्य चिवतवनले १९.१ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि अनुवभी इंग्लिस अलराउन्डर रवि बोपराले अर्धशतक बनाए। उनले ३६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५२ रन बनाए।

यस्तै, युवा ब्याट्सम्यान दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्का मद्दतमा ४२ रन बनाउँदा सैफ जइबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन बनाउँदा कप्तान कुशल मल्लले १५ बलमा २० रन बनाए।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले प्रियंक पञ्चालको उत्कृष्ट ब्याटिङ मद्दता ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो। पञ्चालले ९० रनको उत्कृष्ट पारी खेले। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि म्याक्स ओडाउडसँग ६१ रनको साझेदरी गरेका थिए। जसमा ओडाउडले ३० बलमा २० रन बनाए।

यस्तै, अन्त्यतिर पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का मद्दतमा २७ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मार्क वाटले २१ बलमा १६ रन मात्र बनाउन सके।

बलिङमा चितवनका सोहेल तनवीर, सैफ जइब र रवि बोपराले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]