एसियन कप छनोटमा नेपालको लगातार पाँचौं हार, मलेसियासँग १-०ले पराजित

19 Nov, 2025
Share:
117 Shares

एएफसी एसियन कप छनोटमा नेपालले हारको यात्रालाई पाचौं खेलसम्म निरन्तरता दिएको छ। मंगलबार राति भएको खेलमा नेपाल मलेसियासँग १–०ले पराजित भयो।

समूह एफमा रहेको नेपालले यसअघि भियतनामसँग दुवै तथा मलेसिया र लाओसँग १–१ खेलमा पराजित भएको थियो। समूहको अन्तिम खेलमा नेपालले अब लाओससँग खेल्नेछ।

नेपाल र मलेसियाबीचको यो खेल दशरथ रंगशलामा हुनुपर्ने थियो। तर, एएफसीले दशरथ रंगशालालाई मान्यता नदिँदा छनोटका सबै खेल नेपालले अवेमै खेलिरहेको छ।

मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे त्यही गोल खेलको निर्णायक गोल बन्यो ।

खेलको अन्त्यमा नेपाल १० खेलाडीमा समेटिएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा लकेन लिम्बू दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।